Header Ads Widget

Sponser Us

दरबार नेपाली एण्ड इन्डियन कुजिनको नयाँ शाखा गाहान्नामा सुरु

गाहान्ना, ओहायो । नेपाली तथा भारतीय स्वादका परिकारका लागि परिचित Durbar Nepali & Indian Cuisine ले आफ्नो व्यवसाय विस्तार गर्दै नयाँ शाखा Gahanna, Ohio मा सञ्चालनमा ल्याएको छ । यसको सफ्ट ओपनिङ अक्टोबर ४ आइतबार हुदैछ ।  नयाँ शाखा 64 Granville Street, Gahanna मा रहेको छ । यो दरबारको देश्रो शाखा हो। यसको पहिलो रेस्टुरेन्ट Reynoldsburg मा सन् २०२० देखि सञ्चालनमा रहेको छ ।

नयाँ शाखामा पनि परम्परागत नेपाली तथा भारतीय परिकारहरू उपलब्ध हुने दरबार नेपाली एण्ड इन्डियन कुजिनका संचालक हिमोड शर्माले जानकारी दिनभयो । रेष्टुरेण्टको मेनुमा मोमो, सेकुवा, बिरयानी, टिक्का मसला, नान, करी लगायतका परिकार समावेश हुने बताइएको छ । 

Gahanna क्षेत्रमा बढ्दो समुदाय, ग्राहकको निरन्तर समर्थन र मागका कारण नयाँ शाखा विस्तार गर्न प्रेरणा मिलेको अर्का संचालक सागर धितालले बताउनुभयो ।

“Gahanna मा नयाँ शाखा खोल्न हामीलाई प्रेरणा दिने मुख्य कारण यहाँ बढिरहेको समुदाय र यस क्षेत्रका मानिसहरूबाट हामीले पहिले नै पाउँदै आएको सहयोग हो,” धितालले भने। “दरबारलाई विस्तार गर्न र यहाँको समुदायमा केही फरक तथा नयाँ स्वादको अनुभव ल्याउन हाम्रो गाहानाको शाखा उपयुक्त स्थान हुनेछ भन्ने हामीले महसुस गरेका छौं।”

"नयाँ स्थानमा ठूलो डाइनिङ स्पेस, बाहिरी प्याटियोमा बसेर खाने सुविधा , परिवार र समूहका लागि सहज वातावरण रहेको छ संचालकहरुको दावी छ । साथै दरबारको नयाँ शाखामा नेपाली कला र संस्कृति झल्किने डिजाइन र व्यवस्थापन गरिएको छ ।  गाहानाको लोकेसनमा आउनेहरु खानाको स्वाद लिन मात्र होइन, उनिहरु रेष्टुरेण्टमा बसेर खाना खाइरहँदा कम्तिमा नेपालमै कुनै रेष्टुरेण्टमा खानेकुरा खाइरहेको छु भन्ने महशुस गर्नेछन्", संचालक हिमोडले भने – "ग्राहाक हाम्रा पाहुना हुन्, पाहुनाको सत्कार गर्ने हाम्रो संस्कृति नै हो त्यसैले नयाँ शाखामा खानाको स्वाद, गुणस्तर र आतिथ्य सत्कारमा हरेक ग्राहाकले नेपालीपन पाउनुहुने छ, महसुश गर्नुहुनेछ ।"

नयाँ शाखामा Reynoldsburg कै स्वाद र गुणस्तरलाई निरन्तरता दिँदै आफ्नै छुट्टै वातावरण र आतिथ्य अनुभव दिने लक्ष्य रहेको सञ्चालकहरूले बताएका छन् । Durbar Nepali & Indian Cuisine ले नयाँ शाखा विस्तारसँगै नेपाली तथा हिमालयन खानालाई ओहायोको थप समुदायसम्म पुर्‍याउने प्रयासलाई अगाडि बढाएको छ ।

Read Durbar News In Englsih